संगालोखबर


विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट विनोद ढकालको प्यानल विजयी भएको छ । क्षेत्र नम्बर ६ बाट ढकाल पनि उम्मेदवार थिए ।  उनी सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् ।

आज सार्वजनिक मतपरिणाम अनुसार खुला, महिला र युवा तिनै क्लस्टरमा ढकाल पक्षका उम्मेदवार निर्वाचित भएका छन् । खुला तर्फ ढकालले सर्वाधिक एक हजार ५२७ मत पाएका छन् ।

Advertisement

उनकै प्यानलका उम्मेदवार पितकुमार श्रेष्ठले एक हजार २८९, रमेशकुमार पोखरेलले एक हजार २८६ र सत्यनारायण चौधरीले एक हजार २७६ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

युवा तर्फ ढकाल समूहबाट सन्तोष घिमिरे निर्वाचित भए । ढकाल वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलमा छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!