संगालोखबर

विराटनगर । विराटनगरको शिक्षादीप कलेजले विज्ञान संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशत बढी अंक ल्याउने १३७ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

Advertisement

आज कलेजमा एक कार्यक्रमको आयोजना गरेर कक्षा ११ का ७७ र कक्षा १२ का ६० जना विद्यार्थीलाई सम्मान गरिएको हो । त्यस्तै उत्कृष्ट १० भित्र पर्न सफल विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरिएको छ ।

सो अवसरमा कलेजले अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीलाई पनि पुरस्कृत गरेको छ । केही दिनअघि भएको निबन्ध लेखन र कविता लेखन प्रतियोगितामा उत्कृष्ट हुने २४ जना विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको कलेजका निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिए ।

कलेजले लिएको इन्जिनियरिङ र मेडिकलतर्फको पूर्व तयारी कक्षामा उत्कृष्ट हुने १४ जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ । कलेजका प्रधानाध्यापक ज्ञानबहादुर खड्का, विज्ञान संकायका कोअर्डिनेटर नवीन कुमार रोय, निर्देशक भुपेन्द्र दाहाल, राजेन्द्र प्रसाद मण्डल, शेषनारायण चौधरी, नारायण रेग्मी र मणिराज भट्टराई लगायतले विद्यार्थीहरूलाई सम्मानपत्र तथा पुरस्कार वितरण गरेका हुन् ।

सोही अवसरमा कलेजका निर्देशक दाहालले आफ्ना स्वर्गीय बुवाको सम्झनामा स्थापना गरेको ‘स्वर्गीय देवी प्रसाद दाहाल स्मृति कोष’ बाट एक जनालाई सम्मान गरिएको छ । कक्षा १ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन पूरा गरेर कक्षा ११ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याएका छात्र सरगम लोहारलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!