
विराटनगर । विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा केही युवाले रंग छ्यापेका छन् । युवा संघको कार्यक्रममा सहभागि हुन इटहरी जाने क्रममा विराटनगर विमानस्थल अगाडि नेता बस्नेत सवार गाडीमा रातो रंग छ्यापिएको हो ।
रंग छ्याप्ने क्रममा विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतम र विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुँवरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विरोध गर्ने शैली हुन्छ, मैले कसैलाई निषेध गरेको हैन । मैले उहाँहरूको शैली र प्रवृत्तिलाई कालो झण्डा देखाएको हुँ ।’
‘उहाँहरूले भाद्र २३ मा मचाएको हत्याकाण्डको विरोध गर्दै महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापेको हुँ । हाल म मोरङ प्रहरीको हिरासतमा छू । सम्पूर्ण साथीहरू मोरङ प्रहरी अगाडि आउनु होला’, उनले लेखेका छन् ।

संगालोखबर 













