
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ भैसेमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
काठमाडौंबाट खाँदबारी जाँदै गरेको बा ३ ख ५३०२ नम्बरको हायस माइक्रोबस आज बिहान करिब ६ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी संखुवासभाको सभापोखरी २ की ८२ वर्षीया सविना कालाखेतीको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी सदरकुमार थापा क्षेत्रीले जानकारी दिए ।
घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।
धनकुटाको भैसेमा माइक्रोबस दुर्घटना
भिडियो…

संगालोखबर 













