
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका स्थित टंकिसिनवारीमा एक दिवसीय योग, ध्यान, साधना तथा हिप्नोशिस कार्यक्रम भएको छ ।
टंकीसिनवारी जेसिसको सभाहलमा भएको कार्यक्रममा डा.योगी विकाशानन्दले योग, ध्यान र साधनाका बारेमा जानकारी गराएका थिए । मोरङ पब्लिक स्कुल र विकाशानन्द फाउण्डेसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा दुई सय बढी स्थानीय तथा विद्यार्थीहरू सहभागी थिए ।
शिविरमा सहभागीहरूले बेला-बेलामा हुने यस्ता कार्यक्रम जीवनोपयोगी हुने भन्दै खुसी व्यक्त गरे । शिविरमा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको आयोजक संस्थाका जीवन निरौलाले जानकारी दिए ।

संगालोखबर 













