संगालोखबर


धनकुटा । विघटित नेकपा एकीकृत समाजवादी धनकुटाको टिम नेकपा एमालेमा समाहित भएको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवं धनकुटा अध्यक्ष अर्जुन राईसहितको टिम एमालेमा समाहित भएको हो ।

आज धनकुटामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले संयुक्त पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीको सिङ्गो टिम एमालेमा समाहित भएको जानकारी दिएका हुन् ।

Advertisement

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवं धनकुटा जिल्ला अध्यक्ष अर्जुन राईले एकीकृत समाजवादी धनकुटाको बैठक बसेर निर्णय गरी सिङ्गो पार्टी एमालेमा समाहित भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादीका उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेबी राईले अब एमालेको अभियानमा आफूहरू थप मजबुत हिसाबमा लाग्ने उद्घोष गरे ।

एकीकृत समाजवादी जिल्ला कमिटीको बैठक आज बसेको थियो । सो बैठकले सिङ्गो टिम समाहित हुने निर्णय गरेपछि पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईले एकीकृत समाजवादीको टिमलाई एमालेमा स्वागत गर्दै अब सक्रिय रूपमा पार्टीको अभियानमा लाग्न आग्रह गरे ।

एमाले जनताको पक्षमा उभिँदा अहिले एमालेमाथि चौतर्फी घेराबन्दी भएको भन्दै उनले भ्रमहरूलाई चिर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

सो अवसरमा एमाले जिल्ला अध्यक्ष शिव आङ्ला र प्रचार विभाग प्रमुख रविन कटेलले भोलि एमालेले धनकुटामा वृहत जनप्रदर्शन गर्ने जानकारी गराउँदै जनप्रदर्शनमा सहभागिताका लागि पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!