
विराटनगर । मोरङको कटहरीस्थित तरकारी बजारमा कोशी प्रदेश सभा सारिएसँगै स्थानीय उत्साहित बनेका छन् । प्रदेश सभा आएसँगै विकासले फड्को मार्ने, पसल व्यवसाय फस्टाउने लगायतका आशले स्थानीय उत्साहित बनेका हुन् ।
चियानास्ता पसल संचालन गर्दै आएका स्थानीय शंकर राई प्रदेश सभा तरकारी बजारमा सारिएको भन्दै खुसी व्यक्त गर्छन । ठूलो लगानीमा बनेको संरचना अलपत्र परिरहेको अवस्थामा प्रयोगमा आएको भन्दै उनले खुसी व्यक्त गरेका हुन् । यस्तै उनले आफ्नो व्यवसाय पनि थप फस्टाउने विश्वास व्यक्त गरेका छन् ।
प्रदेश सभा आएसँगै चहलपहल बढेको स्थानीय मञ्जित कुमार यादबले बताए । उनले आफ्नो ठाउँको विकासमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । गाउँमा प्रदेश सभा आएपछि स्थानीय अनिता थापा पनि उत्साहित छिन् ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडका कारण विराटनगरको देवकोटा चोकमा रहेको कोशी प्रदेश सभा ध्वस्त भएको थियो । प्रदेश सभा भवन ध्वस्त भएपछि वैकल्पिक स्थानको खोजी गरिएको थियो ।
सुरुमा विराटनगरको वीरेन्द्र सभागृहमा प्रदेश सभा सञ्चालन गर्ने तय भएपनि मंहगो भाडाका कारण आलोचना भएपनि कटहरीको तरकारी बजार छनोट गरिएको हो । कोशी प्रदेशसभा कटहरीस्थित तरकारी बजारमा सरेपछि के भन्छन् स्थानीयवासी ?
भिडियो…

संगालोखबर 













