संगालोखबर


विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका कारण देवकोटा चोकको कोशी प्रदेश सभा ध्वस्त भएपछि कटहरी स्थित तरकारी बजारमा सारिएको छ । प्रदेश सभा सचिवालय बुधबारबाट फलफूल तथा कृषि थोक बजारमा सारिएको हो ।

कटहरीको नयाँ कार्यस्थलमा सभामुख, उप-सभामुखसहित प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार पारिएको छ । अहिले सचिवालय व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको छ ।

Advertisement

कार्यालय व्यवस्थापन पूरा भएपछि मंसिर दोस्रो साताभित्र प्रदेशसभाको हिउँदे अधिवेशन सुरु गरिने बताइएको छ । विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गरी व्यवस्थित गर्ने उद्देश्यले संघीय सरकार अन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजनाले कटहरीमा फलफूल तथा कृषि थोक बजार निर्माण गरेको थियो ।

तरकारी बजारका लागि कटहरी गाउँपालिका-१ जमटोकीमा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँमा संरचना बनाइएको थियो । तरकारी बजार २०७५ चैत ३ गते उद्‌घाटन गरिएको थियो । तर बजार सञ्चालनमा आएको थिएन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!