संगालोखबर


विराटनगर । विराटनगर–३ बरगाछी चोक नजिकै भएको सवारी दुर्घटनामा महिलाको मृत्यु भएको छ । भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका–१ की ४५ वर्षीया रोहिता अधिकारीको मृत्यु भएको हाे ।

कञ्चनबारीबाट दक्षिणतर्फ आउँदै गरेको डब्लुबी ५९ सी ०२४८ नम्बर भारतीय ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई साँझ ५ः १५ बजेतिर ठक्कर दिएको थियो ।

Advertisement

ट्रककाे ठक्करबाट मोटरसाइकल पछाडि सवार अधिकारी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेका माेरङ प्रहरीले जनाएकाे छ ।

मोटरसाइकल चालक मृतकका श्रीमान् ५७ वर्षीय विमल कोइराला सामान्य घाइते भएका छन् । ट्रक र ट्रक चालक भारत बिहारको बडहरियाका ४० वर्षीय कन्हैया यादवलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!