
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट प्रहरीले १० किलो गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब १२ः२० बजे इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सडक छेउको झाडीबाट बोरामा पोको पारेर राखेको अवस्थामा गाँजा बरामद गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
गाँजा ओसारपसार भइरहेको सूचना पाएको प्रहरीले ओसारपसारमा संलग्नलाई भने फेला पार्न सकेको छैन । बरामद गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । कारोबारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













