संगालोखबर


धनकुटा । धनकुटामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुहरूको सहजताका लागि आज बसपार्कमा सहायता कक्ष स्थापना गरिएको हो ।

धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले यात्राका क्रममा हुने समस्या समाधान गर्न सहायता कक्षले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Advertisement

चाडपर्वको समयमा यात्रुहरूलाई सहजरूपमा गन्तव्यमा पुर्याउन सहायता कक्ष स्थापना गरिएको धनकुटाका ट्राफिक प्रमुख मनोज कुमार खड्काले जानकारी दिए ।

चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, जोखिमपूर्ण यात्रा गराउने जस्ता कार्य भए तत्कालै जानकारी गराउन प्रहरीले अनुरोध समेत गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!