संगालोखबर


धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-७ चाम्चास्थित टप्पुदेवी माध्यमिक विद्यालयका १५ जना विद्यार्थी पानीपुरी र चटपटे खाएपछि बिरामी परे ।

मंगलबार खाजाको रूपमा चटपटे खाएका विद्यार्थीहरूमा वान्ता हुने र पेट दुख्ने समस्या देखियो । जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात् विद्यार्थीहरू डिस्चार्ज भइसकेका छन् ।

Advertisement

विद्यालयका प्रधानाध्यापक रमेश पौडेलका अनुसार अन्य विद्यार्थी र शिक्षकशिक्षिकाले पनि चटपटे खाएका थिए । तर १५ जनामा मात्रै त्यस्तो समस्या देखियो । ‘सरमिस र अन्य विद्यार्थीले पनि चटपटे र पानीपुरी खाएका थिए’, उनले भने, ‘तर १५ जनामा मात्रै वान्ता हुने र पेट दुख्ने समस्या देखियो ।’

अस्पतालमा चेकजाँचपछि सबैको रिपोर्ट पनि सामान्य आएको उनले बताए । ‘रिपोर्टमा कुनै पैजन पनि देखिएन । सबै सामान्य देखियो’, उनले थपे, ‘अलिकति गर्मी धेरै थियो । त्यही कारणले पो होकी भन्ने अनुमान मात्र हो ।’

बिरामी विद्यार्थी घरमा रहेका र अवस्था सामान्य रहेको उनको भनाइ छ । उनीहरूको अवस्थाबारे जानकारी लिइरहेको पनि उनले बताए । ‘आजबाट विद्यालय बिदा भएपनि म परिवारको सम्पर्कमा नै छु’, उनले भने, ‘पहिलाकै जस्तो सामान्य अवस्थामा आइसके भन्ने जानकारी पाएको छु ।’

धनकुटा प्रहरीले पनि चटपटे र पानीपुरी खाएकै कारण विद्यार्थीहरू बिरामी भएका हुन भनेर पुष्टि गर्न नसकिने जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!