
सुनसरी । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । मानव बेचबिखन मुद्दामा कैद भुक्तान गरिरहेको रामधुनी-५ का ४० वर्षीय जोगेन्द्र ऋषिदेव पक्राउ परेका हुन् ।
उनलाई मंगलबार राति ७ः५० बजे पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय रामधुनीबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका ऋषिदेवलाई झुम्का कारागारमा बुझाइएको डीएसपी खतिवडाले जानकारी दिए ।

संगालोखबर 













