संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ मा धारिलो हतियार प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन् । आइतबार राति करिब ८ बजे मोटरसाइकलमा आएको एक समूहले २० वर्षीय निशान राईलाई धारिलो हतियार प्रहार गरेको हो ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार घरमा सुतिरहेका बेला उनीमाथि खुकुरी प्रहार भएको खुलेको छ । उनीमाथि २१ वर्षीय ओबिन राई, सुजन तामाङ, बोबो लिम्बू र हडबडे भनिने अर्का एक जना युवकको समूहले खुकुरी प्रहार डीएसपी खतिवडाले जानकारी दिए ।

Advertisement

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका निशानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनको पेट, ढाड, बायाँ कुम, कुहिनो, नाडी र दायाँ हातको कुहिनामा चोट लागेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै फरार भएका ओबिन खुकुरीसहित पक्राउ परेका छन् । राति १० बजेतिर पक्राउ परेका उनको पनि टाउको र बायाँ हातको औँलामा सामान्य चोट रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले धरान-११ का २२ वर्षीय देवान राईलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!