संगालोखबर


धनकुटा । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका धनकुटाका छत्रमान कुथुमी राईको अन्त्येष्टी गरिएको छ । पाख्रीबास नगरपालिका-१० चुङमाङका ६४ वर्षीय राईको बुधबार राष्ट्रिय झण्डा ओढाएर अन्त्यष्टी गरिएको हो ।

भदौ २३ गते मृत्यु भएका राईको शव नेपाली सेनाको हेलिकप्टर मार्फत गृहजिल्ला ल्याइएसँगै किरात संस्कार अनुसार अन्त्येष्टी गरिएको छ । सो क्रममा जेनजी धनकुटा समूहले अन्तिम श्रद्धाञ्जली दिएको थियो ।

Advertisement

लामो समयदेखि काठमाडौं बस्दै आएका छत्रमान जेनजी समूहले गरेको आन्दोलनमा सहभागी भएका थिए । काठमाडौंमा सानोतिनो व्यवसाय गरेर परिवार पाल्दै आएका उनको गोली लागेर मृत्यु भएसँगै परिवार विचलित भएको छ । उनका दुई श्रीमती र ६ जना सन्तान छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!