
सुनसरी । भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका कारण सिर्जित फोहर व्यवस्थापनमा विद्यार्थीहरूले सक्रियता देखाएका छन् । यसै क्रममा विद्यार्थीहरूको एक समूहले इटहरीको यातायात कार्यालयको सरसफाइ गरेको छ ।
‘सेभ द अर्थ फ्रम ए टू जेड’ (एसेज) नामक विश्वविद्यालयस्तरका विद्यार्थीहरूको सङ्गठनले जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको यातायात व्यवस्था कार्यालय इटहरीको फोहर सफा गरेको हो । सरसफाइमा समूहमा आवद्ध २५ जना विद्यार्थी सहभागी थिए ।

सरसफाइमा जुटेको समूहका विद्यार्थी नवीन रानाले आन्दोलनपछि देश विषम परिस्थितिमा धकेलिएको र देशलाई यो अवस्थाबाट उकास्न सबैको उत्तिकै दायित्व भएकाले सरसफाइमा जुटेको उल्लेख गरे ।
रानाका अनुसार विद्यार्थीहरूको यो समूह आपतविपतको घडीमा देशभर नै स्वयंसेवाको भूमिका निर्वाह गर्दै आइरहेको छ ।

संगालोखबर 













