
विराटनगर । सुनसरीको झुम्का कारागारबाट भागेका १४ जना कैदी धरानबाट पक्राउ परेका छन् । धरान प्रहरीले नेपाली सेनाको सहयोगमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरू कर्तव्य ज्यान, बलात्कार, लागूऔषधसहितका जघन्य अपराधमा सजाय भोगिरहेका कैदीहरू छन् ।
पक्राउ परेका कैदीलाई इलाका प्रहरी कार्यालयको गाडीमा राखेर सेनाको कडा सुरक्षाका बीच झुम्का कारागार लगिएको छ । फरार कैदीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













