
विराटनगर । सुनसरीको धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको भाटभटेनीमा आज बिहान शव फेला परेको हो ।
भाटभटेनीको दोस्रो तलामा जलेको अवस्थामा कंकाल मात्रै फेला परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले जानकारी दिए ।
अहिलेसम्म शवको पहिचान खुल्न नसकेको डीएसपी जबेगुले बताए । ‘अन्य तीन जना पनि हराइरहेको भनेर जानकारी आएको छ’, डीएसपी जबेगुले संगालोखबरसँग भने, ‘उनीहरूको पनि खोजी भइरहेको छ ।’
भाटभटेनीमा लागेको आगो अहिलेसम्म पनि पूर्णरूपमा नियन्त्रणमा आइनसकेको उनले जानकारी दिए । अहिले दमकलको माध्यमबाट आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













