संगालोखबर


विराटनगर । सुनसरीको इटहरीमा पनि गोली चलेको छ । जेनजीको प्रदर्शन तनावग्रस्त भएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।

‘अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास र हवाई फायर गरिएको हो’, सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले संगालोखबरसँग भने, ‘ अवस्था अहिले पनि तनावग्रस्त छ ।’

Advertisement

कति हवाई फायर भयो भन्ने खुल्न बाँकी छ । प्रदर्शनकारी इटहरी उपमहानगरपालिका प्रवेश गरेपछि हवाई फायर भएको जनाइएको छ । जेनजीको प्रदर्शनले पूर्व-पश्चिम राजमार्ग ठप्प बनेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!