
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवामा भएको रक्तदानमा ४० पिन्ट रगत संकलन भएको छ । आज नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
आकस्मिक अवस्थामा सहजै रगत उपलब्ध होस् भन्ने उद्देश्यका साथ रक्तदान गरिएको रेडक्रस सिधुवा उपशाखाका सभापति निलबहादुर थापाले जानकारी दिए ।
रक्तदान कार्यक्रममा जनप्रतिनिधि, स्थानीयबासी, सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता थियो ।

संगालोखबर 













