संगालोखबर


विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-४ स्थित धान खेतबाट प्रहरीले गाँजा बरामद गरेको छ । शुक्रबार साँझ गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा बोरामा पोको पारेर राखेको अवस्थामा गाँजा बरामद गरेको हो ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार पानीमा भिजेको अवस्थामा ७५ किलो गाँजा बरामद भएको छ । बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय सीतागन्ज र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो । गाँजा ओसार-पसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!