संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरिएको छ । धनकुटा बहुमुखी क्याम्पसमा बीबीए चौथो र छैटौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले सरसफाइ गरेका हुन् ।

व्यवहारिक ज्ञानसहितको शिक्षाका लागि स्वतन्त्र विद्यार्थी युनियन धनकुटा क्याम्पसको सहयोगमा सरसफाइ गरिएको स्ववियु उप-सभापति सुवास खनालले जानकारी दिए । विद्यार्थीहरूलाई पढाइसँगै सामाजिक काममा प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

Advertisement

यस्तै उनीहरूले धनकुटा नगरपालिका-१० स्थित उत्तरपानीमा रहेको श्री आधारभूत विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरूलाई भोजन गराएका छन् । यस्ता गतिविधिले पढाईसँगै सामाजिक काममा पनि प्रेरित गर्ने विद्यार्थी प्रणव कुरुमबाङले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!