
विराटनगर । सुनसरीको दुहबी नगरपालिका-८ मा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुबही-८ मा बस्दै आएका ५० वर्षीय लक्ष्मण शर्मा छन् ।
जुट मिल छेउमा रहेको विश्वकर्मा इन्जिनियरिङ वर्कसप ग्यारेजमा काम गर्ने उनलाई आज बिहान करिब ११ बजे करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ट्रकमा बेल्डिङ गर्ने क्रममा करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













