संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-४ दमारस्थित लेगुवा-खाँदबारी सडक खण्डमा ट्रक दुर्घटना भएको छ । विराटनगरबाट अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण सामाग्री लिएर संखुवासभा जाँदै गरेको प्रदेश १-०२-००१ ख् ९८११ नम्बरको ट्रक आज दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा चालक धनकुटाको साँगुरीगढी गाउँपालिका-५ का ३६ वर्षीय शम्भु परियार र सह-चालक महालक्ष्मी नगरपालिका-१ का २३ वर्षीय विशाल राई घाइते भएका छन् ।

Advertisement

चालकलाई ट्रकले थिचेको अवस्थाबाट उद्धार गरेर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ ।

सह-चालको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको धनकुटा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । अहिले एकतर्फी सडक सुचारु रहेको प्रहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!