
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१ शुभलक्ष्मी मार्गमा छोराले चक्कु प्रहार गर्दा बुबा घाइते भएका छन् । मंगलबार दिउँसो ३२ वर्षीय छोरा सन्तोष राउतले चक्कु प्रहार गर्दा ६० वर्षीय बुबा मणिकुमार राउत घाइते भएका हुन् ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मणिकुमारको टाउकोमा चक्कु प्रहार भएको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ ।
चक्कु प्रहार गर्ने सन्तोषलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । चक्कु प्रहारको कारण खुल्न बाँकी रहेको डीएसपी खतिवडाले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













