
धनकुटा । धनकुटाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-६ का २७ वर्षीय अशोक राई छन् ।
धनकुटा नगरपालिका-१० उत्तरपानीमा डेरा गरेर बस्दै आएका राईको कोठामा खानतलासी गर्दा लागूऔषध र प्रतिबन्धित औषधी फेला परेको प्रहरीले जनाएको छ ।
धनकुटा प्रहरीका अनुसार उनको कोठाबाट ट्रामोल ६ सय १० पिस, प्रतिबन्धित औषधिहरू डेकोलिक पाँच सय ९० पिस, स्पास्पेन ६० पिस, स्पाज्मो ९४ पिस र तपेन १० पिस बरामद गरिएको छ ।
साउन ३१ गते पक्राउ परेका राईविरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













