संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको धरानमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा धरान-१ की ५८ वर्षीया सरिता बिकको मृत्यु भएको हो ।

आइतबार दिउँसो ३ः४० बजे धरान-१ पुरानो बजार स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१८ प ६५२४ नम्बरको स्कुटरले बिकलाई ठक्कर दिएको थियो ।

Advertisement

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बिकको विराट नर्सिङ होम विराटनगरमा साँझ ७ः३० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक इटहरी-४ का १८ वर्षीय चिरञ्जीवी गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पैदलयात्रीले अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!