संगालोखबर


सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२० ओशो पार्कस्थित जंगलबाट ७२ किलो गाँजासहित पाँच जना पक्राउ परेका छन् । आज बिहान ८ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धरान-२० का ३० वर्षीय रूपेश राई, २० वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, धनकुटाको सहिदभूमि गाउँपालिका–३ घर भई इटहरी-१० बस्दै आएका ३४ वर्षीय प्रदिप राई र धरान-१३ का ३१ वर्षीय सन्तोष राई छन् ।

Advertisement

प्रहरीलाई गाँजा कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो । बोराभित्र पोका पारेको अवस्थामा फेला पारिएको गाँजासहित पाँच जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!