संगालोखबर


सुनसरी । सुनसरीको बराहक्षेत्र-१ को दुध खोलाले मोटरसाइकलसहित बगाउँदा बेपत्ता भएकी धरान-१६ की १९ वर्षीया अनिता राईको शव फेला परेको छ । उनको शव आज बिहान बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोसी नदी किनारमा फेला परेको हो ।

गत शुक्रबार मदन भण्डारी राजमार्गको दुध खोलाले बुबा-छोरीलाई बगाएको थियो । स्थानीय र प्रहरीको सहयोगमा बुवा जीवन राईलाई जीवितै उद्धार गरिए पनि अनिता भने बेपत्ता भएकी थिइन् ।

Advertisement

उनको खोजी भइरहेकोमा आज दाउरा खोज्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान धरान पठाएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!