संगालोखबर


धनकुटा । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणको ४० औं स्थापन दिवसको अवसरमा रक्तदान गरिएको हो ।

‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं’ भन्ने मुल नाराका साथ गरिएको रक्तदानमा २७ पिन्ट रगत संकलन भएको छ ।

Advertisement

प्राधिकरणका कर्मचारी तथा अन्य व्यक्तिहरूले रक्तदान गरेका कर्मचारी हेमचन्द्र थापाले बताए । रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी धनकुटाले प्राविधिक सहयोग गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!