
विराटनगर । सुनसरीबाट नक्कली ‘व्याकुल माइला’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका-२ का ६० वर्षीय मिलन कुमार राई छन् ।
बिहीबार दिउँसो इटहरी उपमहानगरपालिका-६ बाट उनलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
राष्ट्रिय गीत ‘सयौं थुङ्गा फूलका हामी…’ का असली सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’ को नाममा ठगी गर्दै हिँडेको पाइएपछि उनलाई पक्राउ गरिएको डीएसपी खतिवडाको भनाइ छ ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













