
धनकुटा । धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-१ का ३२ वर्षीय दिनेश राई छन् ।
उनलाई मंगलबार दिउँसो घरबाट नै पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
राईविरुद्ध २०७९ फागुन २ गते लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।















