मोरङ, १७ असोज । मोरङको पथरीशनिश्चरे नगरपालिका र बुढीगंगा गाउँपालिकामा गएराति छुरा र खुकुरी प्रहारबाट दुई जना घाईते भएका छन । पथरीशनिश्चरे नगरपालिका–७ मा छुरा प्रहारबाट एक युवक घाइते भएका छन् ।
लिङ्गे पिङ खेल्ने क्रममा बिवाद हुदा पिङ खेल्न आएका अपरिचित ३०÷३५ जनाको समुहले स्थानीय २० बर्षीय मदन थापा मगरलाई छुरा प्रहार गरेका हुन ।
छुरा प्रहारबाट घाइते भएका मगरलाई उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
खुकुरी प्रहारबाट घाईते
यता मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चौकका १९ बर्षीय राकेश कुमार झा माथि पनि गएराति खुकुरी प्रहार भएको छ ।
सामान्य विवादका क्रममा स्थानीय १८ बर्षीय सुमित कुमार झाले राकेशलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते राकेशको बिराट मेडीकल कलेज गंगा चौकमा उपचार भईरहेको छ ।
खुकुरी प्रहार गर्ने सुमितलाई इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा लिएको १ नम्बर क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।