
विराटनगर । विराटनगरमा ‘गर्ल्स अन ह्विल’ प्रतियोगिता हुने भएको छ । विराटनगर प्राइम राउन्ट टेबल-१० ले नारी दिवसको अवसर पारेर प्रतियोगिता गर्न लागेको हो ।
आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा महिला मात्रै सहभागि हुन पाउने जनाएको छ । प्रतियोगिता फागुन २४ गते सञ्चालन हुनेछ । प्रतियोगितामा एक यस स्कुटरमा दुई/दुई जनालाई सहभागि गराउने लक्ष्य रहेको राउन्ड टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए ।
प्रतियोगितामा सहभागि हुने एक हजार पाँच सय शुल्क तिर्नुपर्ने हुन्छ । सिटी प्यालेसबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियोगितामा विजेता हुनेले नगद ६० हजारसहित अन्य पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यसैगरी दोस्रो हुनेले ४० र तेस्रो हुनेले २५ हजार नगद र अन्य पुरस्कार पाउने अध्यक्ष सोनीले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकाहरूको प्रस्तुती रहने छ ।















