मोरङ, ३ असोज । मोरङको कटहरी गाउँपालिका-९ स्थित क्वालिटी सप प्रालिमा आज अपरान्ह आगलागी भएको छ । उद्योगमा भएकाे आगलागीबाट ५० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
अपरान्ह ३ वजे विद्युत सट भई आगलागी हुँदा साबुन बनाउने तयारी अवस्थामा राखिएको कच्चा पदार्थ जलेर नष्ट भएको छ ।
उद्योगका सञ्चालक विपिन काव्राले उद्योगमा रहेको साबुन उत्पादनका लागि तयारी अवस्थामा राखिएको केमिकल जल्दा ५० लाख बराबरको क्षति भएको जानकारी दिए ।
उद्योगमा साबुन उत्पादनका लागि हाईट्रोजन पेसोअक्साइट केमिकल भण्डारण गरी राखिएको थियो ।
उद्योगमा लागेको आगो २ घण्टापछि विराटनगर महानगरपालिकाबाट गएका तीनवटा वरुण यन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उद्योगले विशाल नामक सावुन उत्पादन गर्दै आएको छ ।