संगालोखबर
सीसीटीभीबाट लिइएको तस्वीर

विराटनगर । विराटनगरको ट्राफिक चोक नजिक रहेको अरनवी ग्राफिक्स प्रिन्टर्समा बिहीबार राती चोरी भएको छ । न्युरो हस्पिटल जाने बाटोस्थित रेन्बो गल्लीमा रहेको सो पसलको ढोकाको सिसा फुटाएर राती करिब ९ बजे चोरी भएको हो ।

एक जना युवकले सिसा फुटाएर पसल भित्र प्रवेश गरी चोरी गरेको दृष्य पसलको सीसीटीभीमा कैद भएको छ । चोरले पसलमा रहेको पैसा राख्ने पर्स र कम्प्युटरको मनिटर लगेको सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ ।

Advertisement

पसल सञ्चालक सनोज रौनियारका अनुसार सो पर्समा करिब ८ हजार नगद थियो ।

चोरी भएको थाहा पाएपछि पसल सञ्चालकले प्रहरीमा जानकारी गराएका छन् । विराटनगरमा पटक-पटक चोरीका घटना हुने गरेका छन् ।

भिडियो हेर्नुहोस्…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!