विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्ने निर्णय भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माघ ७ गतेका लागि बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिए ।