संगालोखबर


विराटनगर । क्रिकेटर ललित राजवंशीलाई गृहनगर विराटनगरमा भव्य स्वागत गरिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सबैभन्दा धेरै विकेट लिएका उनलाई गृहनगरमा स्वागत गरिएको हो ।

राजवंशी हिजो साँझ विराटनगर आएका हुन् । उनलाई स्वागत गर्न कोशी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री जयराम यादव, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका पदाधिकारी, विभिन्न खेलकुद सङ्घसंस्था र खेलकुद क्षेत्रमा सक्रिय व्यक्तिहरू लगायत विराटनगर विमानस्थल पुगेका थिए ।

Advertisement

विराटनगर-१४ जतुवा घर भएका राजवंशीलाई आज दिउँसो महानगरपालिका क्षेत्रको परिक्रमा गराइएको छ । उनका समर्थक, आफन्त तथा इष्टमित्रले बाजागाजा र र्यालीसहित नगर परिक्रमा गराएका हुन् । एनपीएलमा जनकपुर बोल्ट्सबाट खेलेका उनले १७ विकेट लिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!