संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । झापा, मोरङ र सुनसरीबाट उनीहरू पक्राउ परेका हुन् । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

मे ७ प ४३८८ नम्बरको मोटरसाइकलमा सवार दमक-४ का २२ वर्षीय गोपाल श्रेष्ठलाई २ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै मे ३ प ९५३७ नम्बरको मोटरसाइकल चालक शिवसताक्षी-७ का २९ वर्षीय भुवन मिश्र र पछाडि सवार ३६ वर्षीय सोमनाथ पौडेललाई ५ ग्राम ब्राउन सुगरसहित  नियन्त्रणमा लिएको हो ।

Advertisement

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान-१५ का ३७ वर्षीय अर्जुन राईलाई १ ग्राम १८० मिलिग्राम ब्राउन सुगरसहित सहित नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीको हरिनगरा गाउँपालिका-७ मा इलाका प्रहरी कार्यालय देवानगन्जबाट खटिएको प्रहरी टोलीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

को १ ह २२६१ नम्बरको अटोबाट चार वटा बोरामा राखिएको १०७ किलोग्राम गाँजासहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अटो चालक देवानगन्ज-२ का २० वर्षी आलम अन्सारी, सह-चालक ४४ वर्षिय मन्जुल मियालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!