संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको कटहरी-२ मा २३ वर्षीय युवती बलात्कृत भएकी छन् । आज बिहानको समयमा उनीमाथि बलात्कार भएको मोरङ प्रहरीले जनाएको छ ।

जहदा गाउँपालिका-३ घर भएकी युवतीमाथि कटहरी-२ मा बलात्कार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।

Advertisement

‘युवती लडिरहेको अवस्थामा फेला पारेर उपचारका लागि कोशी अस्पताल ल्याइएको हो’, डीएसपी जोशीले संगालोखबरसँग भने, ‘अहिले उनको उपचार भइरहेको छ । केही बोल्न पनि थालेकी छन् । उनले घटनाका बारेमा केही कुरा पनि बताएकी छन् ।’

पीडित युवती बोल्न थालेकाले अनुसन्धानमा थप सहयोग पुग्ने उनको भनाइ छ । उनले घटनामा संलग्नलाई पक्राउ गर्नतर्फ लागिसकेको जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!