संगालोखबर


धनकुटा । धनकुटामा एकैदिन २६ हजार बढी गाँजाको बोट फडानी गरेर नष्ट गरिएको छ । जिल्लाको विभिन्न स्थानमा आफैँ उम्रिएको तथा अवैध रूपमा लगाइएको गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।

हिजो जिल्लाको विभिन्न स्थानमा अन्दाजी ३४ रोपनी क्षेत्रफलबाट २६ हजार पाँच सय गाँजाको बोट फडानी गरेर नष्ट गरिएको हो । इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको टोलीले सहिदभूमि गाउँपालिका-२ को १७ रोपनी क्षेत्रफलमा १९ हजार पाँच सय गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ ।

Advertisement

यसैगरी इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-४ मा करिब तीन रोपनी क्षेत्रफलबाट पाँच सय गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाँउपालिका-८ मा करिब चार रोपनी क्षेत्रफलबाट तीन हजार पाँच सय गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ ।

प्रहरी चौकी आँखीसल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभूमि गाउँपालिका-७ मा करिब तीन रोपनी क्षेत्रफलबाट एक हजार पाँच सय गाँजाको बोट फडानी गरेको छ ।

यस्तै प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले सहिदभूमि गाउँपालिका-१ मा करिब पाँच रोपनी क्षेत्रफलबाट एक हजार पाँच सय गाँजाको बोट फडानी गरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!