संगालोखबर


विराटनगर  । विराटनगरमा दुई दिदीबहिनी बुबाको किरियामा बसेका छन् । धनकुटाको सान्ने घर भई हाल विराटनगर-१४ मा बस्दै आएका ४१ वर्षीय नेत्र बहादुर पाण्डेको निधन भएपछि दुई दिदीबहिनी किरियामा बसेका हुन् ।

बुबाको निधनपछि डेनिसा र चेल्सिया पाण्डे किरियामा बसेका हुन् । उनीहरूले घाटमा पुगेर बुबालाई दागबत्ती दिएका थिए । रुढीवादी परम्परालाई तोड्दै आफूहरू बुबाको किरियामा बसेको उनीहरूले बताए ।

Advertisement

बुबाले आफूहरू प्रति गरेको त्यागको सम्मान गर्दै र छोरीहरू किरिया बस्नुहुन्न भन्ने परम्परालाई तोड्न आफूहरूले दागबत्ती दिएर किरिया बसेको उनीहरू बताउँछन् ।

छरछिमेकबाट पनि यो कार्यको प्रशंसा भइरहेको उनीहरूले बताएका छन् । विराटनगर-१४ मा गेस्ट हाउस सञ्चालन गर्दै आएका पाण्डेको शनिबार निधन भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!