संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-४ चैतामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो साँझ घरमा लगाएको जस्ता निकाल्ने क्रममा करेन्ट लाग्दा ३५ वर्षीया रेखा देवी सिंह घाइते भएकी थिइन् ।

उपचारका लागि रंगेली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!