धनकुटा । धनकुटामा ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा प्रभात फेरी निकालिएको छ । आज नगरस्तरीय अपाङ्गता रोकथाम तथा पुर्नस्थापना संस्थाको आयोजना तथा धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा र्याली निकालिएको हो ।
‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइएको हो ।
विभिन्न नारा लेखिएका प्लेकार्डसहित सुरु भएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । र्यालीमा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।