संगालोखबर

विराटनगर । मोरङको बुढीगंगा-४ स्थित मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीहरूले मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने मेसिन बनाएका छन् । आफैँले चलाउने सवारी साधनमा चालक आफैँले आफ्नो अल्कोहलको मात्रा जाँच गर्नसक्ने मेसिन बनाएका हुन् ।

Advertisement

डिप्लोमा मेकानिकल तर्फका तेस्रो वर्षका विद्यार्थीहरूले छ महिना लगाएर उक्त मेसिन बनाएका हुन् । कुनै पनि सवारीसाधनमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउन सक्ने अवस्थामा छ, छैन भन्ने मेसिनले पत्ता लगाउने छ ।

विद्यार्थीहरूका अनुसार अल्कोहल उपकरणलाई स्तरोन्नति गरेर कार, बाइक, बस, ट्रक लगायतका जुनसुकै सवारीसाधनको इन्जिनमा जडान गर्न सकिन्छ। चालकले ४० प्रतिशत भन्दा बढी रक्सी सेवन गरेको छ भने उक्त उपकरणले तत्काल सिग्नल दिने इन्जिनियर तथा शिक्षक दिपेन्द्र यादवले बताए ।

मेसिनले तिमीले धेरै रक्सी खाएका छौ, त्यसैले सवारी चलाउन योग्य छैनौँ भन्ने सन्देश दिने उनको भनाइ छ । यो उपकरणले दुर्घटना न्यूनिकरण गर्न सहयोग पुर्‍याउने यादवले बताए । योसँगै चालु शैक्षिक सत्रमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षका विद्यार्थीहरूले विभिन्न पाँचवटा आविष्कारहरू गरेका छन् ।

उनीहरूले गियरवाला विद्युतीय मोटरसाइकल पनि निर्माण गरेका छन् । विद्यार्थीहरूका अनुसार हाल बजारमा सञ्चालन भइरहेका इलेक्ट्रिक मोटरसाइकलमा गियर छैन । यो प्रविधिलाई स्तरोन्नति गरेर बजारमा गियरवाला विद्युतीय मोटरसाइकल सञ्चालन गर्न सकिने यादवले बताए ।

यस्तै इलेक्ट्रिक इन्जिनियरिङतर्फका विद्यार्थीले पनि विभिन्न तीन वटा आविष्कारहरू गरेका छन् ।  विद्यार्थीहरूले उक्त सामग्रीहरू पोलिटेक्निक परिसर प्रदर्शन समेत गरेका छन् ।

ब्याट्रीबाट चल्ने ह्विलचेयर, हाइड्रो पावर, ट्रान्सफर्मर, इलेक्ट्रिक कन्ट्रोलर, स्वचालित कार, अल्कोहल टेष्ट डिभाइस, गियरवाला इलेक्ट्रिक मोटरसाइकल लगायतका आविष्कारहरू प्रदर्शन गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!