संगालोखबर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेद्वार नमो नारायण माझीले सुरुवाती अग्रता लिएका छन् । आज राती करिब १ बजे सार्वजनिक मतपरिणाम अनुसार माझीले १ हजार १ सय ८१ मतसहित अग्रता लिएका हुन् ।

Advertisement

माझीलाई नेपाली कांग्रेसका बलराम सरदार थारुले पछ्याइरहेका छन् । उनले ९ सय २४ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेद्वार तुलसीराम विश्वासले ४ सय ६९ मत प्राप्त गरेका छन् । हालसम्म २ हजार ७ सय ८७ मत गणना भएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । जसमध्ये ३३ मत बदर भएको छ ।

२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा ७१.३३ प्रतिशत अर्थात १८ हजार ५ सय ७७ मत खसेको छ । ग्रामथानमा एक स्वतन्त्रसहित १६ उम्मेद्वार चुनावी मैदानमा छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!