
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आज अध्यक्ष पदका लागि मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिने छ ।
मतदान सकिए लगत्तै मतपेटिका सङ्कलन गरेर मतगणना सुरु गर्ने तयारी रहेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । मतपेटिका सङ्कलन भएपछि सर्वदलीय बैठक बसेर तुरुन्तै मतगणना सुरु गर्ने उनले बताए ।
मतगणना स्थलसमेत तयारी गरिएको उनको भनाइ छ । पौडेलले दुई वटा टोली बनाएर मतगणना गर्ने तयारी भएको समेत जानकारी दिए । ग्रामथानमा बिहान १० बजेसम्म चार हजार दुई सय नौ मत खसेको पौडेलले बताए । ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ ।

संगालोखबर 













