संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–३ मा भीरबाट लडेर बालिकाको मृत्यु भएको छ । सहिदभूमि-३ स्थित च्याब्रुङ भीरबाट लड्दा स्थानीय रेगन राईकी छोरी ५ वर्षीया अनुष्काको मृत्यु भएको हो ।

Advertisement

अनुष्का, सहिदभूमि-४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत थिइन् । शनिवार अपरान्ह करिब ५ बजे स्कुलबाट घर फर्किने क्रममा बाटोमा चिप्लिएर उनी भीरबाट खसेकी हुन् । सहिदभूमिमा शनिवार पनि स्कुल लाग्ने गरेको छ, साप्ताहिक बिदा बुधवार दिने गरिएको छ ।

लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा राती करिब ९ बजे उनको मृत्यु भएको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!