संगालोखबर

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमाहस्थित जीवन विकास पब्लिक स्कुलमा कार्बन उत्सर्जन कम गर्ने विधिसहितको परियोजना प्रदर्शन गरिएको छ । स्कुलको थ्री जिरो क्लब र विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।

Advertisement

प्रदर्शनी हेर्न देशका विभिन्न स्थानबाट लघुवित्त वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्थाका पदाधिकारीहरू उपस्थित थिए । जलवायु परिवर्तनको समस्या बढिरहेका बेला कार्बन उत्सर्जन कम गर्ने अभियान अन्तरगत विद्यार्थीले विभिन्न योजना तयार गरेर प्रदर्शनी गरेको विद्यालयका प्रधानाध्यापक अजयकुमार मण्डलले जानकारी दिए ।

प्रदर्शनी हेरेपछि स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले युवा पुस्ताले देशको भविष्य उज्ज्वल बनाउने प्रतिक्रिया दिए । ग्रामीण क्षेत्रमा रहेको जीवन विकास स्कुलले शहरी क्षेत्रका विद्यालय भन्दा उत्कृष्ट काम गरिरहेको भन्दै उनले प्रशंसा गरे ।

कार्यक्रममा जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले युवा पुस्तालाई शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जनको तीन शून्य अवधारणामा जोड्न विद्यालय तहबाटै अभियान सञ्चालन गर्नुपर्ने खाँचो औँल्याए ।

प्रदर्शनीमा विद्यार्थीहरूलाई पुरस्कृत पनि गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!