संगालोखबर

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा आज साँझ भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको भारतीय गाडीले प्रदेश १–००२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई साँझ करिब ७ बजे ठक्कर दिएको हो ।

Advertisement

ठक्करबाट मोटरसाइकल चालक धरान उपमहानगरपालिका–११ का टार्जन राईको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । घटनापछि ट्रक र चालक ४२ वर्षीय दिनेशकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक राईको शवलाई पोष्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको छ ।

एक साता यता उर्लावारी–पथरी सडक खण्डमा सवारी दुर्घटनामा आठ जनाको ज्यान गइसकेको छ । अहिले सो सडक बिस्तारको काम भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!